×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपर माई हाइड्रोपावरको ५ लाख कित्ता आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA

सुपर माई हाइड्रोपावरको ५ लाख कित्ता आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

अर्थ सरोकार

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार

काठमाडौं । सुपर माई हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले माघ २३ गते सोमबारदेखि ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गरेको हो ।

कम्पनीले जारी कित्ता मध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी जारी गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरुको लागी छुट्याएको छ भने बाँकि ४ लाख १५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ८ गतेसम्म आवेदन दिने सकिनेछ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागी आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: