×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोल्ती पावर कम्पनीको आइपीओ बिक्री खुला, वैदेशिक रोजगारीमा रहेकाले पनि आवेदन दिन सक्ने

PRIME CA
GLOBAL IME BANK

दोल्ती पावर कम्पनीको आइपीओ बिक्री खुला, वैदेशिक रोजगारीमा रहेकाले पनि आवेदन दिन सक्ने

८ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दोल्ती पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि १०० रुपैयाँको दरले ५ लाख ३६ हजार ४ सय ८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।साथै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गरेको हो ।

त्यस्तै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने कित्ताको १० प्रतिशत अर्थात १ लाख ७ हजार २ सय ९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद चैत ७ गते सम्म लम्बिने कम्पनीले जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आयोजनाको कार्यालय नौमुले दैलेख, एनआइसी एसिया बैंकको नर्वाचवार कार्यालय दैलेख, ग्लोबल आइएमई बैंकको देवकोटा चोक दैलेख र प्रभु बैंकको देवेन्द्रचोक कार्यालय दैलेख शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: