Skip to content
LAXMI SUNRISE BANK

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुँगा हानाहान

अर्थ सरोकार

काठमाडौं । मीन भवन क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ । सोमबार विद्यार्थी संघका संस्थापन र इतर पक्षका दुई समूहबीच ढुँगा हानाहान भएको हो ।

सोमबार क्याम्पसमा शेखर-गगन पक्षका विद्यार्थीले राखेको भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडप सुरु भएको थियो । ‘हामीले नियमित कार्यतालिका अनुसार भेला राखेका थियौँ, अचानक संस्थापन पक्षले आक्रमण सुरु गरेको हो’, शेखर पक्षका एक विद्यार्थी नेताले भने, ‘उनीहरुले आक्रमण गरेपछि हामी पनि प्रतिकारमा उत्रिएका हौँ ।’

ठूलो संख्यामा प्रहरी परिचालनपछि झडप नियन्त्रण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल मीनभवन क्याम्पसमा विभिन्न इकाईबाट टोली खटाइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK