×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खप्तड लघुवित्तको वित्तिय विवरण सार्वजनिक, ७८.३५ प्रतिशतले घट्यो खुद नाफा

काठमाडौं । खप्तड लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले दोश्रो त्रैमाससम्ममा ४ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ७८.३५ प्रतिशतले कम हो ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्नाले नाफा प्रभावित भएको हो । साथै, लघुवित्तले प्रोभिजन बापत ११ लाख ९ हजार रुपैयाँ छुट्याएको छ । त्यसैले पनि नाफा प्रभावित भएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी भने ६४ प्रतिशतले बढेर ७६ लाख ४४ हजार रुपैयाँमा पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४६ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । संचालन नाफा भने ८९.९४ प्रतिशतले घटेर ३ लाख ४८ हजार रुपैयाँमा सिमित भएको छ ।

पुस मसान्तसम्म आइपुग्दा खप्तड लघुवित्तको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १८ लाख ९१ हजार रुपैयाँ जम्मा रहेको छ । त्यस्तै, खप्तडको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ७३ पैसा रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: