×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा खुला भयो जग्गा कित्ताकाट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौं उपत्यकामा खुला भयो जग्गा कित्ताकाट

Artha Sarokar

११ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । जग्गा वर्गीकरणको काम सकिएकोले उपत्यकाका काठमाडौं, भक्तपुर र ललिपुर गरी तीनै जिल्लामा जग्गा कित्ताकाट खुला गरिएको हो ।

तीनै जिल्लामा कृषि र गैरकृषि जग्गााको वर्गिकरण सकिएकोले कृषि जग्गाको लागि कित्ताकाट खुलेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गैर कृषि जग्गाको कित्ताकाट भने अन्य विधामा वर्गीकरण गरिसकेपछि मात्रै खुल्नेछ ।

२०७९ जेठ २३ गतेदेखि भू-उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन-नियममा निर्देशित भएको छ । हाल स्थानीय तहहरुले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् ।

विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन् । त्यस्तै, भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन्।

ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी