काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको मूल्य वृद्धि भएको छ । कुखुराको माग बढे पनि उत्पादन घटेको भन्दै राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको मूल्यमा वृद्धि भएको जनाएको हो । योसँगै अब जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २ सय ८० रुपैयाँ पर्ने भएको छ ।
ब्रोइलर कुखुरामा बर्डफ्रलु संक्रमण देखिएर किसानका हजारौँ कुखुरा नष्ट भएको अवस्थामा खपत भने नघटेकोले माग बढेसँगै मूल्य पनि बढ्न गएको संघले बताएको छ । संघका अनुसार पछिल्लो एक महिनायता ब्रोइलर कुखुराको मूल्यमा निरन्तर वृद्धि भईरहेको छ ।
उत्पादन र मागको आधारमा मूल्य अझै बढ्न सक्ने संघले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्