×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोइलर कुखुराको मूल्य बढ्यो, जिउँदोकै प्रतिकिलो २ सय ८०

PRIME CA

ब्रोइलर कुखुराको मूल्य बढ्यो, जिउँदोकै प्रतिकिलो २ सय ८०

१५ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको मूल्य वृद्धि भएको छ । कुखुराको माग बढे पनि उत्पादन घटेको भन्दै राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको मूल्यमा वृद्धि भएको जनाएको हो । योसँगै अब जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २ सय ८० रुपैयाँ पर्ने भएको छ ।

ब्रोइलर कुखुरामा बर्डफ्रलु संक्रमण देखिएर किसानका हजारौँ कुखुरा नष्ट भएको अवस्थामा खपत भने नघटेकोले माग बढेसँगै मूल्य पनि बढ्न गएको संघले बताएको छ । संघका अनुसार पछिल्लो एक महिनायता ब्रोइलर कुखुराको मूल्यमा निरन्तर वृद्धि भईरहेको छ ।

उत्पादन र मागको आधारमा मूल्य अझै बढ्न सक्ने संघले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: