×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरको आरोपमा पूरानो बसपार्क भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसुरको आरोपमा पूरानो बसपार्क भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ

Artha Sarokar

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पुरानो बसापार्क भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । बैंकिङ कसुरको आरोपमा बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।

इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटवालविरुद्ध परेको बैंकिङ कसुरको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा मुछिएका भेटवाल यसअघि पनि पक्राउ परिसकेका छन् । हाल भेटवालले काठमाडौंस्थित पूरानो बसपार्कमा २९ तलाको काठमाडौं भ्यू टावर निर्माणको काम गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी