काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको आइपीओ आज बिहिबार माघ २६ गते बाँडफाँट गरेको हो ।
हाइड्रोपावरले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आपीओ खुला गरेको थियो । उक्त आइपीओमा १ लाख ९९ हजार २ सय जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात परेका छन् ।
सो आइपीओका कुल १४ लाख २५ हजार ३ सय १३ जना आवेदकले आवेदन दिएकोमा १ लाख ५६ हजार ६ सय २५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, माया खेला हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्