×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सहयोगपछि नेपालले मीरगञ्ज प्रयोग गर्न पाए, नेपालीलाई फाइदै फाइदा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भारतीय सहयोगपछि नेपालले मीरगञ्ज प्रयोग गर्न पाए, नेपालीलाई फाइदै फाइदा !

Artha Sarokar

७ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय सहयोगपछि नेपालले मीरगञ्ज पुल पूर्ण रुपमा प्रयोग गर्न पाउने भएको छ । दुवै देशबीचको सहमतिपछि भारतीय भन्सार विभागले बिहार अररियाको मीरगञ्ज पुल नेपालीका लागि पूर्ण रुपमा खुला गरेको हो ।

मीरगञ्जको परमान नदीमाथि चार लेन सडकसहितको पक्की पुल बनेपछि मोरङ व्यापार संघले पुल सञ्चालनका लागि दबाब दिँदै आएको थियो । यसअघि नेपाल भित्रिने मालबाहक गाडीहरुले सुनसरीको भण्टाबारी नाकाको प्रयोग गर्दै आएका थिए । तर, अबभने नेपालतर्फ आउने मालबाहक गाडीले मीरगञ्जको पुल प्रयोग गर्न पाउने भएका छन् ।

भारतीय भन्सार विभागले मीरगञ्जको प्रयोग गर्ने अनुमति दिएसँगै नेपाल भित्रिने कच्चा पदार्थ लगायतको समाग्री आयातका लागि १ सय १६ किलोमिटर दुरी पार गर्दै सुनसरीको भण्टाबारी नाकाको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको व्यापारीहरुले बताएका छन् ।

‘मीरगञ्ज पुल सञ्चालन भए पनि प्रयोगको अनुमति नपाउँदा निकै सास्ती थियो’, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भने, ‘अब भने लामो दुरी तय गर्नुपर्ने बाध्यता हटेको छ । यसले समय र खर्च दुवै जोगिने भएको छ ।’

मीरगञ्जको पुल भासिँदा जोगवनी नाकाबाट मालबाह गाडी हिँड्न नसकेपछि सुनसरीको भण्टाबारी नाकाबाट रिरुट भएर आउँदा प्रति कन्टेनरको १६ हजार रुपैयाँ अतिरिक्त ढुवानी बुझाउपर्ने बाध्यता रहेको व्यवसायीको भनाई छ । व्यवसायीका अनुसार एक वर्षमा ११ करोड ५२ लाख रुपैयाँ बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् । तर, अव मीरगञ्ज पुलको प्रयोगको अनुमतिले ठूलो राहत मिल्ने व्यवसायीहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी