Skip to content
LAXMI SUNRISE BANK

मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्ड राख्न दिन अदालतको आदेश, हेल्मेटमा गोप्रो राख्न पनि पाइने

अर्थ सरोकार

काठमाडौं । उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्ड राख्न दिन आदेश दिएको छ । मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्ड राख्न नदिने ट्राफिक प्रहरीको कदमविरुद्ध सजिलो साथी प्रालिका डेभिड चौधरी र आर्यनराज पाण्डेले दायर गरेको मुद्धामा सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

केही समयअघि दुर्घटना बढेको भन्दै नियामकीय निकायको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्न नदिने नियम बनाएको थियो । सोही क्रममा मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्ड राखेको भन्दै कतिपय राइड सेयरिङ गर्नेहरु कार्वाहीमासमेत परे । तर, अव भने राइड सेयरिङ गर्नेहरुले निर्वाध रुपमा मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्डको प्रयोग गर्न पाउने भएका छन् ।

त्यस्तै, उच्च अदालत पाटनले मोटरसाइकलमा स्ट्याण्ड र गोप्रो क्यामेरा प्रयोग गर्नैहरुलाई जरिवाना नगर्न समेत आदेश दिएको छ । अदालतले भने यस्तो जरिबाना गर्न रोक्नुपर्ने भन्दै रिट निवेदकले गरेको माग समसामयिक, जायज र कानून अनुकूल नै देखिएको ठहर गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK