×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदी इनर्जीले फागुन २५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने

PRIME CA

मोदी इनर्जीले फागुन २५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २५ गतेदेखि जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।

यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिका ३, मोदी गाउँपालिका वडा नं.५, २, ६ र कुश्मा नगरपालिका ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै, जारी पुँजीको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । दुवै समूहका आवेदकहरुले चैत ९ गतेसम्म आइपीओ भर्न सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा चैत २४ गतेसम्म आइपीओ बिक्री खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ । उक्त आइपीओमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘आइआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: