काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले फागुन १० गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
लगानीकर्ताले ४ सय ७५ रुपैयाँलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त संस्थापक सेयरमा फागुन २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।