×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डायलासिस मेसिन हस्तान्तरण गर्दै भारतीय राजदूत नविन श्रीवास्तबले भने- ‘नेपाल-भारत सम्बन्ध अझै मजबुत बन्दैछ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डायलासिस मेसिन हस्तान्तरण गर्दै भारतीय राजदूत नविन श्रीवास्तबले भने- ‘नेपाल-भारत सम्बन्ध अझै मजबुत बन्दैछ’

८ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय राजदूत नविन श्रीवास्तवले पछिल्ला दिन नेपाल-भारत सम्बन्ध थप प्रगाढ बन्दै गएको बताएका छन् । सोमबार नेपाल सरकारलाई मृगौला प्रत्यारोपणका लागि दुई सय थान डायलासिस मेसिन हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तबले यस्तो बताएका हुन् ।

राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि गरेको माग अनुसार नै मृगौला प्रत्यारोपणका लागि डायलासिस मेसिन उपलब्ध गराएको बताएका छन् । डायलासिस मेसिनले नेपाली नागरिकलाई सहज उपचार सेवा पुग्ने विश्वाससमेत श्रीवास्तबले व्यक्त गरेका छन् ।

‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ’, राजदूत श्रीवास्तबले भने, ‘नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’

श्रीवास्तबका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ । अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेकोसमेत श्रीवास्तबले बताएका छन् ।

त्यस्तै, उनले पछिल्ला दिनमा नेपाल–भारतबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको समेत बताएका छन् । यो सम्बन्ध यसरी नै मजबुत राख्न निरन्तर तत्पर रहेको बताउँदै श्रीवास्तबले भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको र छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पु¥याउनेसमेत बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी