×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको खुद नाफामा १७ प्रतिशतले वृद्धि, ईपीएस २ रुपैयाँले घट्यो (विवरणसहित)

PRIME CA

नेको इन्स्योरेन्सको खुद नाफामा १७ प्रतिशतले वृद्धि, ईपीएस २ रुपैयाँले घट्यो (विवरणसहित)

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेको इन्स्योरेन्सको नाफा १७.२० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १७ करोड ६० लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड २ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार पनि २३.२५ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ७५ लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आम्दानी भने ११.४६ प्रतिशतले घटेर ८७ करोड २५ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा नाफामा केही सुधार देखिए पनि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यो अवधिमा कम्पनीको ईपीएस २ रुपैयाँ २५ पैसाले घटेर १७ रुपैयाँ ५० पैसामा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९२ रुपैयाँ ०५ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: