काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दोश्रो त्रैमासमा ४४ करोड १ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २३७.२९ प्रतिशतले धेरै हो ।
यसअवधिमा इन्स्योरेन्सको जीवन बिमा कोषको आकार २०.८४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष जीवन बिमा कोषमा १ खर्ब २४ अर्ब ८३ करोड ९३ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको एक वर्षको अवधिमा खुद बिमा शुल्क आर्जन १.६० प्रतिशतले बढेर १८ अर्ब ४० करोड ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १० पैसाले बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ०१ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्