काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले १२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको जनाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९१.३८ प्रतिशत कम हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले २१ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १ अर्ब ८ करोड रुपैयाँबाट बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमा शुल्क आम्दानी पनि घटेको छ । गतवर्ष ४४ करोड ३५ लाख आर्जन गरेको कम्पनीको खुद बीमा शुल्क चालु आर्थिक वर्षको सोही अवधिमा ४३ करोड ५२ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको खुद दाबी भुक्तानी भने १६ करोड ६४ लाख रुपैयाँबाट बढेर २७ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । ओरियन्टलको जगेडा कोष ३७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्