काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पललाई आइतबार उच्च अदालत पोखराले सफाइ दिएको हो । योसँगै अभिनेता पल भोली रिहा हुने भएका छन् ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाइसकेका छन् । शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
जिल्ला अदालत तनहुँले भने उनलाई यसअघि नै सफाइ दिइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्