काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आईओसीले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको हो । नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा ७ रुपैयाँ ९८ पैसा बढाएको छ ।
त्यस्तै, मट्टितेलमा ४ रुपैयाँ ८० पैसा वृद्धि गरेको छ भने हवाई इन्धनमा ७ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । भारतबाट बढेर नयाँ मूल्य आए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्