काठमाडौं । निर्वाचन आयोगले रौतहटबाट निर्वाचित सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी संघीय संसद्लाई गराएको छ । रौतहटबाट स्वतन्त्र निर्वाचन लडेर जित हात पारेका सांसद् साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा आयोगले संघीय संसद्लाई जानकारी गराएको हो।
यसअघि दर्ता नम्बर १७८ मा दर्ता भएको वैज्ञानिक समाजवादी पार्टीको नाम परिवर्तन गरेर आम जनता पार्टी राखिएको विषयमा पनि आयोगले संघीय संसद्लाई जानकारी गराएको हो।
आयोगले आफ्नो पत्रमा भनेको छ,’संघीय संसद् सचिवालयको च.न. १०१ मिति २०१७९/१०/१३ को पत्रबाट जानकारी उपलब्ध गराइ दिन लेखि आएको सम्बन्धमा आयोगको मिति २०७८/०९/३० को निर्णयबाट वैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको, सो दलको हाल परिवर्ति नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु शाह अध्यक्ष कायम रहेको भनी संघीय संसद्लाई पत्राचार गर्नेु निर्णय भएको जानकारीका लागि अनुरोध छ ।’
यसअघि संघीय संसद्ले प्रभु साह आबद्ध पार्टीको जानकारी आयोगसँग माग गरेको थियो । यसअघि स्वतन्त्र सांसदको हैसियतमा रहेका सांसद साह अब आम जनता पार्टीको अध्यक्षको हैसियतमा संसद्मा रहने भएका छन् ।
तत्कालीन समयमा नेकपा माओवादीसँगको एकताका क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक गठबन्धन गरेपछि उनी रुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले स्वतन्त्र उम्मेदवारी दिएर जितसमेत हात पारेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्