Skip to content
LAXMI SUNRISE BANK

रविलाई गृहमन्त्री बनाउन माग गर्दै देहत्यागको प्रयास

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एकजाले देहत्यागको प्रयास गरेका छन् ।

नागरिकता विवादका कारण सांसदसहित गृहमन्त्रीको पद गुमाएका रविलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै बाँकेका गोकर्ण कार्कीले देहत्यागको प्रयास गरेका हुन् । उनले जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए ।

‘भ्रष्टाचारीलाई कार्वाही गर्नुपर्छ, गृहमन्त्रीमा रवि ल्याउनुपर्छ’ भन्दै कार्कीले आफ्नै शरिरमा पेट्रोल खन्याएका थिए । पेट्रोल खन्याएर आगो लगाउने प्रयास गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक पमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार कार्कीले रविलाई गृहमन्त्री बनाउमा माग गर्दै आत्मदाहको प्रयास गरेका थिए । ‘किन यस्तो गर्नुभयो ? भनेर सोधपुछ गर्दा रवि लामिछानेलाई गृहमन्त्री बनाउन भन्दै देहत्यागको प्रयास गरेको बताए’, उनले भनिन्’, उहाँलाई अहिले आफन्तको जिम्मा लगाएका छौँ ।’

आत्मदाह गर्न प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक रहेको खुलेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK