×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहको टुँगो लाउन प्रधानमन्त्रीलाई रास्वपाको २ दिने अल्टिमेटम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गृहको टुँगो लाउन प्रधानमन्त्रीलाई रास्वपाको २ दिने अल्टिमेटम

Artha Sarokar

२० माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रालयका विषयमा निर्णय लिन प्रधानमन्त्रीलाई २ दिने अल्टिमेटम दिएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय बैठकले गृहबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको हो ।

गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको रास्वपाले हाल प्रधानमन्त्रीलाई २ दिन थप समय दिएको छ । सत्ता समकिरणमा प्रधानमन्त्री प्रचण्ड सरकारमा रास्वपाले गृह मन्त्रालय पाएपछि रवि गृहमन्त्री बनेको थिए । तर, नागरिकता विवादका कारण उनको सांसद पद नै खारेज भएको थियो ।

सो लगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता लिएका रविले पुनः आफुलाई गृहमन्त्रीमा फर्काउन दबाब दिँदै आएका छन् ।

सरकार गठन गर्दा गृह रास्वपाको भागमा परेको भन्दै कुनै पनि हालतमा गृह नछोड्ने रास्वपाले अडान लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी