×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृह नछोड्ने रास्वपाको दाबी, ढकाल भन्छन् – ‘३० दिनमा बनाएका योजना कार्यान्वयनका लागि गृह चाहिएको हो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गृह नछोड्ने रास्वपाको दाबी, ढकाल भन्छन् – ‘३० दिनमा बनाएका योजना कार्यान्वयनका लागि गृह चाहिएको हो’

२० माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गृह मन्त्रालय नछोड्ने अडानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहबारे निर्णय गर्न प्रधानमन्त्रीसहित उच्चस्तरीय राजनीतिक संयन्त्रलाई २ दिनको समय दिएको छ । नागरिकता विवादका कारण निवर्तमान गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएपछि गृहमन्त्रालय गुमाएको रास्वपाले पुनः गृहमन्त्रालय रास्वपालाई नै दिन माग गरिरहेको छ ।

यो बीचमा रास्वपा र रास्वपामाथि कयौँ प्रश्नहरु तेर्सिएका छन् । कुर्सीकै लागि यत्रो रोईलो किन ? सरकारबाट बाहिरिने भन्दै बार्गेनिङ गर्न खोजेको हो ? गृह रास्वपाले नै पाए मन्त्री सांसद बन्छन् कि गैरसांसद ? र अर्को मुख्य प्रश्न रास्वपालाई गृह नै किन चाहियो ?

यसो त यी प्रश्नहरु अहिले नेपाली राजनीतिमा टड्कारो बनेका छन् । र यीनै प्रश्नहरुको जवाफ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मुकुल ढकाल यसो भन्छन्ः

१. गृहमाथि रास्वपाको अडान पार्टीलाई कि सभापतिलाई ?
गृहमाथि रास्वपाको अडान पार्टीका लागि हो । तर, अन्य पार्टीले हाम्रो पार्टीको निर्णयमाथि हस्तक्षेप गर्न पाउँदैन भन्ने हो । गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो र यो अडानबाट हामी ब्याक हुदैनौँ । पार्टीबाट को व्यक्ति पठाउने भन्ने विषय पार्टीको अधिकारको विषय हो ।

२. गृह मन्त्रालय रास्वपाले पायो भने सांसद मन्त्री बन्छन कि गैर सांसद ?
जब प्रधानमन्त्रीले गृहमन्त्रालयमा गृहमन्त्रीको रुपमा हाम्रो पार्टीबाट नाम पठाउनुस् भन्नुहुन्छ, त्यसपछि पार्टीको बैठक बस्छ र निर्णय गर्छ ।

३. रास्वपालाई गृह मन्त्रालय नै किन चाहियो ?
सत्ता समिकरणका क्रममा गृह मन्त्रालय हाम्रो पार्टीले पाएको मन्त्रालय हो, जसमा हाम्रो दाबी अहिले पनि छ । अब ३२/३५ दिन हामी गृह मन्त्रालयमा बस्दै गर्दा त्यहाँ हामीले केही योजनाहरु बनाएका छौँ । र तीनै योजनाहरु लागू गर्नका लागि हामीलाई गृहमन्त्रालय चाहिएको हो । गृहमन्त्रालयमा हाम्रो पार्टी रहँदा हामीले गरेको काम र बनाएको योजना खेर नजाओस् भन्नका लागि गृहमा हाम्रो स्वभाविक दाबी हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी