×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आम्दानी बढे पनि रिडी पावर कम्पनीको नाफा ९५ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आम्दानी बढे पनि रिडी पावर कम्पनीको नाफा ९५ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

२६ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आम्दानीमा आकर्षक बढोत्तरी भए पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिडी पावर कम्पनीको खुद नाफामा भारी गिरावट आएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्री मार्फत १८ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ७ करोड ३५ लाख रुपैयाँ मात्रै थियो, हालको तुलनामा १५०.२४ प्रतिशत कम हो ।

तर, विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ९५.८१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ९६ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ ।

कम्पनीको लगानी तथा अन्य आम्दानी ९९.१५ प्रतिशत घटेका कारण खुद नाफा घट्न पुगेको हो । बैंकहरुले कर्जाको ब्याजदर बढाएपछि कम्पनीको अन्य आम्दानी घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४३ पैसा र पिई रेशिया १५३.९३ गुणा रहेको छ। १ अर्ब १० करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडामा ५२ करोड ५ लाख रुपैयाँ सञ्चित छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी