×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सको नाफामा झिनो बढोत्तरी, ईपीएसमा भने ५ रुपैयाँको गिरावट, यस्ता छन् अन्य सूचकहरु

PRIME CA

सगरमाथा इन्स्योरेन्सको नाफामा झिनो बढोत्तरी, ईपीएसमा भने ५ रुपैयाँको गिरावट, यस्ता छन् अन्य सूचकहरु

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा ०.९३ प्रतिशतले बढेर १७ करोड ९३ लाख ४९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ६.६० प्रतिशतले बढेर ७२ करोड ६९ लाख २९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको बीमा कोषको आकार पनि बढेको छ । सो अवधिमा कम्पनीको यस्तो कोष १३.९३ प्रतिशतले बढेर १ अर्ब २९ करोड ७ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा झिनौ बढोत्तरी देखिए पनि प्रतिसेयर आम्दानी (ईपीएस)भने घटेको छ । समिक्षा अवधिमा कम्पनीको ईपीएस ५ रुपैयाँ ०८ पैसाले घटेर २६ रुपैयाँ ९० पैसामा सिमित भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ भने २४४ रुपैयाँ ०५ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: