Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डका अध्यक्षको प्रष्टीकरण- ‘मेरा विरुद्ध आएका समाचार भ्रामक छन्, म निरन्तर बजार सुधारको पक्षमा छु’ (विज्ञप्तिसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आफ्नाविरुद्धमा आएका समाचारहरु भ्रामक भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफुविरुद्ध आएका समाचार कपोकल्पित र भ्रामक रहेको दाबी गरेका हुन् ।
केहि संचारमाध्यमहरुमा उनको नागरिकताका विषयमा प्रश्न उठाएर समाचार प्रकाशन भएका थिए भने केहि संचारमाध्यममा उनले आईपीओका नाममा पैसा उठाएको खबर आएको थियो । तर सो खबरको उनले खण्डन गरेका छन् । आफ्नो कालखण्डमा नेपाली बाहेक कुनै पनि देशको नागरिकता नलिएको प्रष्ट पार्दै उनले यस विषयमा आफुले गर्व गरेकोसमेत बताएका छन् ।
धितोपत्र बोर्डमा आफुले सबै काम पारदर्शी बनाएको बताउँदै उनले बुँदागत रुपमा आफ्ना कामहरुका बारेमा पनि प्रष्ट पारेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK