काठमाडौं । फागुन ७ गतेदेखि देशभरका होटल तथा रेष्टुरेन्ट बन्द हुने भएका छन् । सर्वोच्च अदालतले होटल तथा रेष्टुरेन्टमा सेवा शुल्क लिन नपाउने गरी फैसला सुनाएसँगै आन्दोलित बनेका व्यवसायीहरुले फागुन ७ गतेदेखि होटल तथा रेष्टुरेन्ट बन्द गर्ने घोषणा गरेका हुन् ।
सर्वोच्चको फैसलासँगै होटल तथा रेष्टुरेन्टमा कार्यरत मजदुरहरुका तीनवटा संगठनले देशभरीका होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष कुमार पन्तले बताएका छन् । ‘हामीले लिँदै आएको सुविधामा अदालतले हस्तक्षेप गर्यो’, उनले भने, ‘अब आन्दोलन गर्नुको विकल्प छैन, माघ २७ देखि बुकिङ बन्द गर्छौं र फागुन ७ गतेदेखि सबै होटल बन्द गराउछौँ ।’
‘आन्दोलनको पहिलो चरणमा आइतबारदेखि सबै होटल तथा रेष्टुरेन्टमा कालो ब्यानर राखिएको छ’, उनले भने, ‘मजदुरहरु कालोपट्टी बाँधेर काम गरिरहेका छन् । हाम्रो चरणबद्ध आन्दोलन सुरु भईसकेको छ ।’
अध्यक्ष पन्तका अनुसार विगत १८ वर्षदेखि होटल तथा रेष्टुरेन्टहरुले १० प्रतिशत ‘सर्भिस चार्ज’ लिँदै आएका छन् । तर, सवोच्चले एक्कासी सो सुविधा हटाएर मजदुरको पेटमा लात हान्ने काम गरेको पन्तले आरोप लगाएका छन् । ‘हामी सरकारदेखि होटल तथा रेष्टुरेन्ट व्यवस्थापनसँग छलफल गरिरहेका छौँ । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’- पन्तले भने ।
सर्वोच्चले माघ १२ गते होटल तथा रेस्टुरेन्टमा लिइँदै आएको १० प्रतिशत सर्भिस चार्ज हटाउन आदेश दिएको थियो। सर्वोच्चको आदेशलगत्तै होटल तथा रेस्टुरेन्टले ग्राहकबाट असुल्दै आएको सर्भिस चार्ज तत्कालै हटाएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्