काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २६१ कम्पनीको ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ९३ लाख ३९ हजार ४ सय ४४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सिद्धार्थ इन्स्योरेन्स, इस्टर्न हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन र सयपत्री हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ९३ लाख ३९ हजार ४ सय ४४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, एनआइसी एशिया बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र स्टाण्डर्ड चार्टर्ड बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एनआइबिएल सम्बृद्धि फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइबिएलको सेयरमा यस्तो गिरावट आउँदा सगरमाथा इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तिय संस्था, गुराँस लाइफ इन्स्योरेन्स र एनएमबि ५०मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्