×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार

PRIME CA

आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५८ कम्पनीको ५२ लाख ६ हजार ३ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड ४४ लाख २४ हजार ६ सय ८२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा पोखरा फाइनान्स, सिद्धार्थ इक्वटि फण्ड, जानकी फाइनान्स र चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड ४४ लाख २४ हजार ६ सय ८२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, नबिल बैंक लिमिटेड, चिलिमे हाइड्रोपावर र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । इस्टर्नको सेयरमा यस्तो गिरावट आउँदा १०.२५ % प्रभु बैंक डेबेञ्च २०८६, प्राइम लाइफ इन्स्योरेन्स, पाँचथर पावर र सयपत्री हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको  सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: