काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २५७ कम्पनीको १ करोड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६९ करोडमाथिको सेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २८ लाख ६७ हजार २ सय ७१ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा तेर्हथुम पावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य३ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा धौलागिरी लघुवित्त वित्तिय संस्था, राधि विद्युत कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स, सबैको लघुवित्त वित्तिय संस्था र एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २८ लाख ६७ हजार २ सय ७१ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, ङ्गादि ग्रुप पावर, एनआइसी एशिया बैंक र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । आदर्श लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा पोखरा फाइनान्स, ग्रिन भेन्चर, राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था र हिमालयन पावर पार्टनरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्