×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १२.४५ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ६ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहिबार १२.४५ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ६ करोडमाथिको कारोबार

Artha Sarokar

२६ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १२.४५ अंकले बढेर २१८२.६३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५७ कम्पनीको ५६ लाख ४८ हजार २ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोडमाथिको सेयर कारोबार भएको हो । बिहिबार सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड ८६ लाख ५४ हजार ६ सय ९६ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा विजया लघुवित्त वित्तिय संस्था, जोशी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड ८६ लाख ५४ हजार ६ सय ९६ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, ङ्गादि ग्रुप पावर, स्टाण्डर्ड चार्टर्ड बैंक र रिडी पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा नबिल ब्यालेन्स फण्ड-३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । नबिलको सेयरमा यस्तो गिरावट आउँदा गुराँस लघुवित्त वित्तिय संस्था, लक्ष्मी उन्नति कोष, आदर्श लघुवित्त वित्तिय संस्था र विन नेपाल लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी