काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार भारी अंकले घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको १४ करोड ३७ लाख ६८ हजार ८ सय ९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा समलिंग पावर कम्पनी, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावर, ८.५% नेपाल बैंक डेबेञ्चर २०८७ र नेपाल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको १४ करोड ३७ लाख ६८ हजार ८ सय ९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा ङ्गादि ग्रुप पावर, अपि पावर कम्पनी, अपर तामाकोशी, एनआइसी एशिया बैंक र जोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा ङ्गादि ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । ङ्गादिको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर र बरुण हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्