काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २५५ कम्पनीको ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७८ करोडमाथिको सेयर कारोबार भएको हो । मंगलबार पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३ सय ७२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा युनिलिभर नेपालका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा राप्ती हाइड्रो एण्ड जेनेरल, नेपाल इन्स्योरेन्स, समलिंग पावर, सानिमा लार्ज क्याप फण्ड र एनएमबि ५० का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३ सय ७२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा ङ्गादि ग्रुप पावर, एनआइसी एशिया बैंक, नेपाल इन्स्योरेन्स, अपि पावर र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । बाराहीको सेयरमा यस्तो गिरावट आउँदा लक्ष्मी लघुवित्त, सामुदायिक लघुवित्त, ग्रिन डिभलप्मेन्ट बैंक र सबैको लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्