काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २५६ कम्पनीको ४८ लाख १५ हजार १ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड २० लाख ९ हजार ३ सय ३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा युनिलिभर नेपालका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा बाराही हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर र रुरु जलविद्युत परियोजनाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड २० लाख ९ हजार ३ सय ३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण काबेली पावर, एनआइसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी, ङ्गादि ग्रुप पावर र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा गरिमा डेबेञ्चर, २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । गरिमा डेबेञ्चरको सेयरमा यस्तो गिरावट आउँदा विजय लघुवित्त, महुली लघुवित्त,पन्चकन्या माई हाइड्रोपावर र नेपाल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्