काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि सेयर बजार घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको हो । बिहिबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ५ करोड ३८ लाख २७ हजार ५ सय ४९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा राप्ती हाइड्रो एण्ड जेनेरल, प्रभु सेलेक्ट फण्ड, सबैको लघुवित्त वित्तिय संस्था, इमर्जिङ्ग नेपाल र सिटिजन्स म्युचुअल फण्ड-२का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ५ करोड ३८ लाख २७ हजार ५ सय ४९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर, ङ्गादि ग्रुप पावर,महिला लघुवित्त वित्तिय संस्था, नबिल बैंक र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । युनिलिभर नेपालको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-१, सपोर्ट माइक्रोफाइनान्स, सिनर्जी पावर र धौलागिरी लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्