Skip to content
LAXMI SUNRISE BANK

शिखर इन्स्योरेन्सको नाफामा सामान्य गिरावट हुँदा ईपीएस ६ रुपैयाँले घट्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार पुस मसान्तसम्म कम्पनीको खुद नाफामा सामान्य गिरावट देखिएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड ३० लाख ९० हजार खुद नाफा आर्जन गरेको शिखरले चालु आर्थिक वर्षको सोही अवधिमा ०.९५ प्रतिशत कम अर्थात २४ करोड ३० लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको हो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १.०९ प्रतिशतले बढेर ७७ करोड ५ लाख ८८ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको दाबी भुक्तानी रकम ७.६० प्रतिशतले बढेर ४२ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा कोषको आकार ८.१४ प्रतिशतले बढेर १ अर्ब ५३ करोड १९ लाख रुपैयाँभन्दा माथि पुगेको छ । कुल चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रहेको कम्पनीको रिजर्भ कोषमा १६.८० प्रतिशतले बढेर ८१ करोड रुपैयाँ पुगेको छ ।

नाफामा सामान्य गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ५८ पैसाले घटेर २१ रुपैयाँ ६ पैसामा सिमित भएको छ । योसँगै कम्पनीको प्रतिसेयर नेटवर्थ भने हाल २१५ रुपैयाँ २१ पैसा रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK