काठमाडौं । भ्रामक विज्ञापन गरेको भन्दै उपभोक्ता अधिकार मञ्चले शिवम् सिमेन्टविरुद्ध उजुरी दिएको छ । शिवम् सिमेन्टले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ को १ (छ) विरुद्ध हुनेगरी ‘एकमात्र ओ.पी.सी सिमेन्ट उत्पादन गर्ने’ भनि भ्रामक विज्ञापन गरेको भन्दै मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको हो ।
मञ्चका अनुसार शिवम् सिमेन्टले भ्रामक विज्ञापन गरेर उपभोक्तालाई गुमराहमा राख्न खोजेको छ । उपभोक्ता संरक्षण ऐनमा कुनै पनि वस्तु वा सेवाको विज्ञापन गर्दा गलत वा भ्रामक प्रचार प्रसार गर्न नपाइने भए पनि शिवम् सिमेन्टले त्यसको उल्लंघन गरेको मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताएका छन् ।
‘ओपीसी उत्पादन शिवम् ले मात्रै नगरी अन्य उद्योगहरुले समेत गरेको र नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस चिन्ह प्राप्त गरेको जानकारी समेत लिएकोले यस्ता भ्रमपूर्ण विज्ञापन गर्ने शिवम् सिमेन्टको उत्पादकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कार्वाही गर्न अनुरोध गर्दछौँ ।’– उजुरीमा उल्लेख गरिएको छ ।
वस्तु तथा सेवाको भ्रामक विज्ञापन गर्नेलाई दुईदेखि तीन वर्षसम्म कैद तथा ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्