काठमाडौं। समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सेयरधनीहरुको नाममा रहेको ८४ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा कम्पनीकै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा के कति कित्ता सेयर खरिद गर्ने सोको विवरण खुलाई आवेदन दिनुपर्नेछ ।
तोकिएको समय भित्र हाल कायम संस्थापकहरुबाट कुनै निवेदन नपरेमा अन्य व्यक्तिले समेत आवेदन दिन मिल्ने व्यवस्था गरिने संस्थाले जनाएको छ ।