Skip to content
LAXMI SUNRISE BANK

सपोर्ट लघुवित्तको नायब कार्यकारी अधिकृतमा चौधरी नियुक्त

अर्थ सरोकार

काठमाडौं । सपोर्ट लघुवित्तको नायब कार्यकारी अधिकृत पदमा बिष्णु कान्त चौधरी नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले चौधरीलाई फागुन ११ गते देखि लागु हुने गरी नायब कार्यकारी पदमा नियुक्त गरेको हो।

विगत १८ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत चौधरीले १३ वर्ष नेरुडे लघुवित्तमा विभिन्न तह सहित इलाका प्रमुख सम्म र सपोर्ट लघुवित्तमा विभागिय प्रमुखको जिम्मेवारीमा कार्य गरेको लामो अनुभव संगालेका छन् ।

लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका चौधरीले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्दे आएको जनाएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK