×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन लाइफको नाफामा ४७ प्रतिशतको बढोत्तरी, कस्तो छ कम्पनीको समग्र वित्तीय अवस्था ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

युनियन लाइफको नाफामा ४७ प्रतिशतको बढोत्तरी, कस्तो छ कम्पनीको समग्र वित्तीय अवस्था ? (विवरणसहित)

काठमाडौं । प्राइम र गुँरास लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको युनियन लाइफ इन्स्योरेन्सको नाफामा ४७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४६.६१ प्रतिशतले बढी अर्थात १० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ७ करोड ८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार पनि ३८.९४ प्रतिशतले बढेर १३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क भने ३ अर्ब ९८ करोडबाट घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा झरेको छ । हाल कम्पनीको कुल चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा २७ करोड ३२ लाख रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ १२ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: