×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि ९ रुपैयाँको बढोत्तरी, कस्ता छन् अन्य सूचक ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि ९ रुपैयाँको बढोत्तरी, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले गतवर्षको तुलनामा ३३ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको खुद नाफामा ३३.७० प्रतिशतले वृद्धि हुँदै कम्पनीले कुल ८ करोड २ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यता कम्पनीको खुद बीमा शुल्क आम्दानी भने ४०.३५ प्रतिशतले घटेर २६ करोड १७ लाख १४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २२.८२ प्रतिशतले बढेर ४६ करोड ७२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यो अवधिमा कम्पनीको ईपीएस ९ रुपैयाँ ७८ पैसाले बढेर १५ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा छ भने कम्पनीको बीमा कोषको आकार २२.८२ प्रतिशतले बढेर ४६ करोड ७२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: