×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल भ्रमणमा आउँदै भारतका विदेश सचिव विनय मोहन क्वात्रा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल भ्रमणमा आउँदै भारतका विदेश सचिव विनय मोहन क्वात्रा

Artha Sarokar

२७ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतका विदेश सचिव विनय मोहन क्वात्राले तीन दिने नेपाल भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा क्वात्राले नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा २०७९ फागुन १ देखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो ।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे विशेष छलफल हुनेछ ।

भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले दुवै देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी