काठमाडौं । पोखरामा भएको यति एयरको ‘एटिआर ७२’ जहाज दुर्घटनाको प्रारम्भिक छानबिनमा जहाजको पखेटामा समस्या देखिएको पाइएको छ । दुर्घटनामा परेको जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण एवम् जाँच गर्ने क्रममा यस्तो खुलासा भएको पाइएको हो ।
जहाज दुर्घटनामा पर्नुअघि दुवै पखेटामा समस्या भएको पाइएको दुर्घटना जाँच आयोगले जनाएको छ । आयोगका अनुसार दुर्घटनामा परेको जहाजको अवतरण गर्ने बेलामा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको देखिएको छ । तर, दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो ? भन्ने अनुसन्धान बाँकी रहेको आयोगले बताएको छ ।
‘दुर्घटनामा परेको जहाजको दुवै पखेटामा समस्या देखिएको छ । अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेल फेदरमा गएको छ तर किन गयो भन्ने बारे अनुसन्धान जारी छ’, आयोगका एक अधिकारीले भने, ‘यो जहाज दुर्घटनाको मुख्य कारण हो, अब पाइलटले पावर दिएनन् कि इन्जिन बिग्र्रिएको हो भन्नेबारे यकिन भएको छैन, छिट्टै हुन्छ ।’
फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको सिङ्गापुरमा अध्ययन अनुसन्धान गरिएको हो। त्यस कार्यमा आयोगको नेतृत्वमा ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टीएसआईबी) सिङ्गापुर, टीएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र ईएएसएका प्रतिनिधिहरू संलग्नतामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्