×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अज्ञात समूहद्धारा हाइड्रोपावरमा आगजनी !

PRIME CA

अज्ञात समूहद्धारा हाइड्रोपावरमा आगजनी !

१८ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सीता हाइड्रोपावर प्रा.लिले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा निर्माण भइरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माणस्थलमा एक समूहले आगजनी, तोडफोड गरेको भन्दै सुरक्षाको माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीता हाइड्रोपावरले फाल्गुन १५ गते आयोजनाको निर्माणस्थलमा एक समूहले आगजनी, तोडफोड तथा कर्मचारीमाथि सांघातिक आक्रमण गरेको भन्दै आवश्यक सुरक्षा र उचित क्षतिपूर्ती तिराउनुपर्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । हाइड्रोले घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडाभन्दा कडा कानुनी कार्वाही गर्नुका साथै पीडक पक्षलाई उचित क्षतिपूर्तीको लागि जिम्मेवार बनाउनसमेत माग गरेको छ ।

आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत गृह, सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति भएको र इन्जिनियरसहित ७ जना घाइते भएको सीता हाइड्रोपावर प्रा.लिका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिएका छन् । सो समूहले क्रसरमा आगजनी गर्नुका साथै ट्रिपर, स्काईभेटर समेत तोडफोड गरेको र आक्रमणबाट करिब १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको तिमल्सिनाको भनाई छ ।

त्यस्तै, पत्रकार सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालले पनि आयोजनालाई उचित क्षतिपूर्ती लागि सम्बन्धित निकायको गम्भीर ध्यानार्षण गराएको छ । विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको र बिभिन्न बाहानालाई आधार बनाएर आयोजनालाई गम्भीर क्षति पु¥याउने तथा प्रबद्र्धक एवम् कर्मचारीहरुलाई मानसिक र भौतिकरुपमा डर, त्रास पैदा गराउने काम गरेको ऊर्जा उत्पादकको संस्था नेपाल इपानका उपाध्यक्ष आशिष गर्गले बताएका छन् ।

२०७७ साल मंसीर ८ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर २०७८ साल जेठदेखि निर्माण भईरहेको आयोजनाले २०८१ साल असार १५ गते देखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: