×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण उपलब्ध गराउने चिनियाँ एपको पासोमा पर्दै नेपाली, गैरकानुनी एपले फष्टाउँदै ‘अनौपचारिक अर्थतन्त्र’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ऋण उपलब्ध गराउने चिनियाँ एपको पासोमा पर्दै नेपाली, गैरकानुनी एपले फष्टाउँदै ‘अनौपचारिक अर्थतन्त्र’

Artha Sarokar

१७ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा पनि ऋण उपलब्ध गराउने विभिन्न चिनियाँ एपहरु प्रयोग हुने गरेको पाइएको छ । नेपालमा गैरकानुनी रहेको यस्तो एप अवैध रुपमा नेपालीहरुले चलाउने गरेको पाइएको हो । विशेषगरी चिनियाँ साथीहरुको सहयोगमा यस्तो एप नेपालीहरुले चलाउन सिकेको र यसरी यो यस्ता एप चलाउनेहरुको संख्या दिनानुदिन बढिरहेको पाइएको छ । नेपालको कानुन अनुसार यसरी ऋण उपलब्ध गराउने चिनियाँ एप प्रयोग गर्न बन्देज छ । तर चीनतर्फ कारोबार गर्ने व्यवसायीदेखि ती व्यवसायीका आफन्तलेसमेत यस्ता एपहरु संचालन गरिरहेको पाइएको छ ।
भारतमा प्रतिबन्ध, नेपालमा खुलेआम !
यसो त यस्ता एप भारतमा प्रतिबन्धित छन् । त्यहाँकाे सरकारले २०० भन्दा बढी चिनियाँ माेबाइल एपमाथि प्रतिबन्ध लगाएको छ, जसमा यस्ता ऋण दिन एपहरु पनि पर्दछन् । भारतको विद्युत तथा सूचना प्रविधि मन्त्रालयले चीनमा विकास भएका १३८ ओटा बेटिङ एप र ९४ ओटा लाेन लेन्डिङ (ऋण उपलब्ध गराउने) एपमा यसअघि प्रतिबन्ध लगाएको थियो । भारत सरकारले राष्ट्रिय सुरक्षा र डेटा सुरक्षाका लागि भन्दै चिनियाँ एपमाथि प्रतिबन्ध लगाइरहेकाे छ । सन् २०२० मा सीमा विवादपछि चीनसँगको राजनीतिक तनाव सुरु भएदेखि भारतले टिकटक, वीच्याट, मेसेन्जर लगायतका चर्चित चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । तर नेपालमा प्रयोग हुने ऋण उपलब्ध गराउने एप भने गैरकानुनी हुँदाहुँदै पनि खुलेआम प्रयोग भईरहेको छ ।
अनौपचारिक अर्थतन्त्रको जोखिम 
यसो त यस्ता बेटिङ र ऋण उपलब्ध गराउने एपले अनौपचारिक अर्थतन्त्रको बिकास गरिरहेका छन् । अर्थतन्त्रका जानकारहरु नेपाल राष्ट्र बैंकको स्वीकृति नलिईनेपालमा ऋण उपलब्ध गराउने काम कुनै पनि वालेटबाट हुन नसक्ने बताउँछन् । स्वयम् राष्ट्र बैंकको तर्क पनि यहि छ । अझ बिदेशी एपबाट नेपालमा ऋण दिने वा लिने काम दुवै गैरकानुनी रहेको राष्ट्र बैंकले नै पटक पटक भन्ने गरेको छ । तर चिनियाँ एपको प्रयोगले नेपालमा अनौपचारिक अर्थतन्त्र मौलाउँदै गईरहेको छ भने यस्तो अवस्थामा पनि सरकारले कुनै कदम नचाल्नु दुखद् रहेको जानकारहरुको ठम्याईछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी