काठमाडौं । मुसिकोट नगरपालिका-८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रको सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् ।
उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै आएका कृषकको हरेक घरमा न्यूनतम आठदेखि एक सय ५० सम्म मौरीका घार रहेका छन् ।
मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै कृषकहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । सो कार्यक्रमका लागि उक्त केन्द्रमार्फत चार वर्षको अवधिमा रु. एक करोड २५ लाख अनुदान उपलब्ध गराउने भएकामा पहिलो वर्ष रु. ५० लाख, दोस्रो वर्ष रु. ३७ लाख रु. ५० हजार, तेस्रो वर्ष रु. २५ लाख र चौथो वर्ष रु. १२ लाख ५० हजार मौरीपालक कृषकलाई अनुदान उपलब्ध गराउँदै आइएको छ ।
उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्ति मगरको दिन अहिले बिहानदेखि बेलुकासम्म मौरीसँग रमरै बित्ने गर्दछ । उनको घरमा अहिले एक सय ५० मौरीका घार छन् । उनले ती घारबाट एकै याममा छ क्विन्टलसम्म मह उत्पादन गर्दै आएका छन् । चुमाजस्तै मालारानीका खुमकुमारी छन्तेल, मोहन छन्तेल र अर्लाङ्कोटका टोपनारायण खरेललगायत कृषकले पनि एकै याममा मह बिक्रीबाट जनही रु. एक लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए ।
कृषि ज्ञान केन्द्रले समय समयमा कृषकलाई मौरीपालन गर्ने तरिकाका बारेमा जानकारी गराउनाका साथै मौरीमा देखिने रोगकीराको पहिचान तथा क्षमता अभिवृद्धि लगायत तालिम दिँदै आएको उक्त कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानाकारी दिए ।
मालारानीमा उत्पादित मह विभिन्न वनस्पति र फूलहरुको रसबाट उत्पादन भएको, विषादीरहित तथा प्राङ्गारिक भएका कारण पनि बजारमा धेरै माग हुँदै आएको छ । यहाँको मह स्थानीय बजारमा अहिले प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ । मालरानीलाई मौरीको पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्न यहाँका कृषकले आउँदो वैशाख ४ गते मह दिवस मनाउने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्