×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा ई-रिक्सा चलाउँदै बिल गेट्स !

PRIME CA
GLOBAL IME BANK

भारतमा ई-रिक्सा चलाउँदै बिल गेट्स !

२३ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले महिन्द्राको ई-रिक्सा चलाउँदै गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

भारत भ्रमणमा रहेका बिल गेट्सले ई-रिक्सा चलाउँदै गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भारतमा यस्तो प्रकारको इनोभेसनले आफू आश्चर्यचकित भएको बताएका छन् । उनले भिडियोसँगै इन्स्टाग्राम क्याप्सनमा भारतमा इनोभेसन क्षेत्रमा भएको विकास र अग्रसरताले थप आश्चर्य पारेको पनि बताएका छन् ।

साथै, यातायात क्षेत्रको डी-कार्बोनाइजेसनमा महिन्द्रा कम्पनीको भूमिका प्रेरणादायी रहेको समेत बताएका छन् । उनले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा महिन्द्राको तीन पाँग्रे ई-रिक्सा ‘महिन्द्रा ट्राईओ’ चलाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: