×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिपिडब्लु लघुवित्तको ८० हजार ९ सय ५० कित्ता आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA

बिपिडब्लु लघुवित्तको ८० हजार ९ सय ५० कित्ता आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

१८ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागी आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९ सय ५० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । साथै, यो आइपीओमा मेगा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७८ चैत ३० गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ चैत २८ गतेसम्म बाहल रहनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: