Skip to content
LAXMI SUNRISE BANK

बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट, ८ हजार ९५ जनाले बजाए ताली, बाँकीको हात खाली !

अर्थ सरोकार

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । लघुवित्तको आइपिओ चैत ३ गते शुक्रबार बाँडफाँट भएको हो ।

लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९ सय ५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । सो आइपिओमा ८ हजार ९५ जना सर्वसाधारणले गोलाप्रथामार्फत्  १० कित्ताका दरले सेयर हात पारेका छन् ।

उक्त आइपिओमा कुल १४ लाख ५९ हजार ७ सय ७४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ५ सय ६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, बिपिडब्लु लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK