काठमाडौं । मुस्ताङमा बौद्ध कलेजको भवन निर्माणको विषयमा सार्वजनिक भएका समाचार भ्रामक र कपोकल्पित भएको भन्दै ‘मुस्ताङ साक्या बौद्ध संघ’ले आपत्ति जनाएको छ । ‘मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर’ भन्ने शिर्षकमा विभिन्न सञ्चार माध्यममा सामाचार सार्वजनिक भएपछि संघले त्यसको खण्डन गरेको हो ।
भवन निर्माणका लागि राजदुतावासबाट सहयोग रकम प्राप्त भएको विषयलाई भ्रामक रुपमा प्रचारबाजी गरिएको संघको भनाई छ । संघका अनुसार औपचारिक र धार्मिक शिक्षा प्रदान गरेप्रश्चात उच्च शिक्षा र बौद्ध दर्शन अध्ययन गर्न भिक्षु/भिक्षुणीहरुले जिल्ला छोड्नुपर्ने बाध्यताको अन्त्य गर्न मुस्ताङमै कलेज स्थापना गर्न लागिएको हो ।
त्यस्तै, विज्ञप्तीमार्फत संघले बौद्ध कलेज निर्माण हुन लागेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ फल्याक गाउँ निषेधित र संवेदनशील क्षेत्र नभएको समेत दाबी गरेको छ । ‘फल्याक गाउँ निषेधित र संवेदनशील क्षेत्र भित्र पर्ने स्थान नभई तल्लो मुस्ताङमा पर्ने सामान्य क्षेत्रको रुपमा रहेको छ ।’- विज्ञप्तीमा भनिएको छ । बौद्ध कलेज तिब्बती शरणार्थीहरुको लागि नभएर स्थानीय समुदाय, गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थी र बौद्ध दर्शन अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि लक्षित रहेकोसमेत संघले जनाएको छ ।
बौद्ध कलेजको आवश्यकता धेरै भए पनि स्रोत र लगानी नहुँदा सहयोगका लागि धेरैसँग सहयोग माग्दा पनि नपाएको र अन्तिममा कलेजको भवन निर्माणका लागि भारतीय राजदुतावासले आर्थिक सहयोग दिन तयार रहेको विषयलाई भ्रामक शैलीमा प्रकाशित समाचारमा कुनै तथ्य नभएको संघको दाबी छ । त्यस्तै, यस्ता भ्रामक र कपोकल्पित समाचारको पछि नलाग्नसमेत संघले सबैमा आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्