काठमाडौं । अदालतले अमेरिकी नागरिक ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित ६ जना पुर्पक्षका लागि कारागार चलान गरेको छ । ठगी काण्डमा शाहका दाजु भाइसहित पक्राउ परेका सातमध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले जनाएको छ ।
सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले भने ‘पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा अदालतले छाडेको र अन्य ६ जनलाई कारागार चलान गर्ने आदेश भएको छ ।’ उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान गरेको सिआइवीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालतमा अभियोग दर्ता गरेको थियो ।
उनीहरुले ट्राभल, म्यानपावरलगायतका विभिन्न २४ कम्पनी खडा गरी नक्कली कागजात बनाएर विदेशी नागरिकबाट ६४ करोड भन्दाबढी ठगी गरेको आरोप छ । उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्याएर ठगी गरेको अनुसन्धानमा देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्